काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछु: उम्मेदवार थापा

पाेखरा | कात्तिक २५, २०७९

काहुँ धरहरामा सार्वजनिक यातायात आउने व्यवस्था गर्नेछु: उम्मेदवार थापा

पोखराः   गण्डकी प्रदेश सभासदस्य कास्की क्षेत्र नं.२(२) का उम्मेदवार विन्दुकुमार थापाले काँहु धरहरामा सार्वाजनिक यातायात पुनः आउने व्यवस्थाका लागि आफुले पहल थाल्ने बताएका छन् । 


गठबन्धनका साझा उम्मेदवार थापाले पोखरा महानगरपालिका ११ काँहुधरहरामा घरदैलो गर्दै मतदाताको समस्या बुझ्ने क्रममा सार्वजनिक यातायात नआउने गुनासो गरेपछि छिटै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

स्थानीयहरुले कोरोना महामारीभन्दा पहिला काहुँधरहरामा सार्वजनिक यातायात आउनेगरेपनि अहिले आउन छाडेको र उक्त कुराका लागि पहल गरिदिन आग्रह गरेपनि उनले मंसिर ४ पछि उक्त समस्या समाधान गर्ने गरी अघि बढ्ने बताएका हुन् । 

 

स्थानीय कल्पना परियारले आफुहरुले विरामी हुँदा समेत अस्पताल जानका लागि महँगो भाडा ट्याक्सिलाई तिर्न बाध्य भएको र दैनिकी कामका लागि बजार झर्न समेत असहज भएको बताउँदै थापालाई यसको समाधानका लागि गुहारेकी हुन् ।

 

 थापाले तत्कालै गर्दा आचारसंहिता लाग्ने भन्दै निर्वाचन पश्चात महानगरपालिकासंग समन्वय गरेर समस्याको समाधान गर्ने सुनाए । ‘महानगरमै सार्वजानिक यातायात नआउनु दुःखद् कुरा हो । महानगरवासीलाई सुख र सेवा दिनु हाम्रो दायित्व हो । यो काम म मंसिर ४ पछि जितेपनि हारेपनि गर्नेछु’ थापाले भने,‘यहाँ धेरै समस्या छन् । हामी प्याकेजमा विकासका योजना अघि बढाउने छौं । 

 

खानेपानीदेखी यहाँको कृषि र पर्यटनलाई विशेष जोड दिनेछौं ।’ पोखरा बजारबाट नजिकै रहेको काहुँ डाँडा निकै रमणीय रहेको र उक्त कुराको फाइदा लिन स्थानीय र प्रदेश सरकारले नसकेको बताए । 

 

उनले अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, संरचना निमार्ण, नीति निमार्ण तथा ऐन कानून बनाउमै वितेको बताउँदै अबको पाँच वर्ष पुर्ण विकासका लागि मात्रै रहेको सुनाए । थापाले काहुँबासीलाई मणिपाल अस्पताल र भलाम जानका लागि सहज हुने किसिमले मणिपाल शिक्षण अस्पतालसँग समन्वय गरी बाटो खुलाउने समेत प्रतिबद्धता व्यक्त गरे ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्